Close sidebar

भावुक हुँदै मावि जोगागाउँले गरे शिक्षकलाई बिदाई (फोटो फिचर)

२०८० बैशाख २४ गते, आईतवार २१:१२

ताहिर शेष राई (साहिल)

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँले आज एक कार्यक्रमको आयोजना गरि अध्यापनरत शिक्षक मिना नाथलाई बिदाई तथा हाजिर हुन आएका नयाँ शिक्षक संयोगिता तिवारीलाई स्वागत गरिएको छ । दरबन्दी मिलानमा परेका अध्यापनरत शिक्षक मिना नाथलाई दोसल्ला र टीका अबिर लगाएर सम्मान सहित बिदाई तथा श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँबाट आएका नयाँ शिक्षक संयोगिता तिवारीलाई विद्यालय परिवारले स्वागत गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईको अध्यक्षतामा आइतबार भएको बिदाई कार्यक्रममा प्रधानाध्यापक राईले १४ महिना सेवा अवधीसम्म विद्यालयमा कार्यरत शिक्षकको दरबन्दी मिलान गरिनु विद्यालयका लागि दु:खद कुरा भएको बताउनुभयो । उहाँले विद्यालयमा हाजिर भएदेखि शिक्षकको काम कर्तव्यको जिम्मेवारी निभाएको बताए । यस्तै विद्यालयका लेखापाल अनिल पथिकले आफ्नै सहकर्मीको बिदाईमा शिक्षक र विद्यार्थीले आखाँबाट आँसु थाम्नै नसकेको बताउनुभयो । उनले आफूसंगै हुँदाका बिगतका सुख, दु:ख र वेदनाहरु अभिव्यक्त गर्दै एक कुशल, इमानदार शिक्षकको गुण विद्यालयले कहिल्यै तिर्न नसक्नेसमेत बताए ।

श्री लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँमा दरबन्दी मिलानमा परेकी शिक्षक मिना नाथले करिब १४ महिना संग-संगै एउटै थलोमा काम गर्दै आएका बिगतका तितामिठा अनुभव सम्झिदै भावुक हुँदै उनले प्रकृति नियम अनौठो रहेको बताइन । बिदाई कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हलवाई, शिक्षकहरु पुष्पा आचार्य, निरज मिश्रा, सीता शाही, कृष्णाहरी आचार्य, जित बहादुर वर्मा, जित प्रकाश मिश्रा, शकील राई, बिनु श्रीस, सुधा सिंह, मिरा सुबेदी, पुजा पाण्डे लगायतले सम्मानसहित बिदाई तथा स्वागत गरेका थिए । उक्त कार्यक्रमको सन्चालन शिक्षक मोतिराम पोख्रेलले गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया