सरला सुवेदी✍️
कोहलपुर / सफा गरौं स्वच्छ रहौं, स्वस्थ बनौ भन्ने नारा सहित सरसफाइ कार्यक्रम गरी कोहलपुर नगरपालिकाले स्थापना दिवस मनाउन सुरु गरेको छ । नगर स्थापना दिवसका अवसरमा कोहलपुर नगरपालिकाले आज एक कार्यक्रमका बीच बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुबेदी र जिल्ला समन्वय समितिका उपाध्यक्ष सिता कार्की नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले कोहलपुर चौराहामा फोहोर टिपि कार्यक्रमको उदघाटन गरेका हुन् ।
कोहलपुर नगरपालिकाको १० औं स्थापना दिवसका अवसरमा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत शनिबार आयोजित सरसफाई कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, शिक्षक, विद्यार्थी, व्यापारी, जनप्रतिनिधि तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
कोहलपुर चौराहबाट नगरका विभिन्न भागहरु सरसफाई गर्दै पुन: कोहलपुर चौराहामा आई सम्पन्न भएको थियो । आईतवार नगरका १५ वटै वडामा वडाहरुको आयोजनामा सरसफाई कार्यक्रम गरिने छ भने स्थापना दिवसका दिन नगर सभाको हलमा २५ गते व्यक्तित्वकला सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रम गरि नगरपालिकाले स्थापना दिवस मनाउने कार्यक्रम रहेको कोहलपुर नगरपालिकाले जनाएको छ ।
