Close sidebar

धन्य हाे मुस्लिम संघ: पहिचान झल्किने टाेपी, गम्छा, कुर्ता नेपालगञ्जमा पाएनन् कि ?

२०८० बैशाख २५ गते, सोमबार ०२:१३

नेपालगन्ज / नेपाली काँग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघ बाँकेले यही बैशाख २३ गते नेपालगञ्जमा सम्पन्न गरेको तेस्रो अधिवेशन पश्चातका तस्वीरले अधिकाँश मुस्लिम युवा तथा बुद्धिजीवीहरुकाे ध्यानाकृष्ठ गरेकाे छ । मुस्लिम पुरुषले धार्मिक कार्य गर्ने बेला लगाउने सेतो गोलो टाेपी अधिवेशन अवधिकाे र अधिवेशन पश्चातकाे तस्वीरहरुमा सो टाेपी मुस्लिम समुदायका व्यक्तिहरुले मुस्लिम समुदायका व्यक्तिहरु बाहेक अन्य समुदायका हाम्रा दिदी बहिनीहरुलाई लगाई दिंदा सामाजिक सञ्जालमा उक्त कुराकाे विभिन्न व्यक्तिहरुबाट टीका टिप्पणी भैरहेकाे छ । (यद्यपि मुस्लिम महिलाहरु पनि उक्त टाेपी लगाउँदैनन् )

मुस्लिम समुदायकाे प्रतिककाे रुपमा रहेकाे साे टाेपी महिला दिदीबहिनीहरुलाई लगाएर तस्वीर लिई रहँदा मुस्लिम संघका जिम्मेवार व्यक्तिहरु के हेरेर बसिरहेकाे थिए ? अधिकाँश व्यक्तिहरुकाे काैतुहलताकाे विषय बनेकाे छ । सामाजिक सञ्जालमा मुस्लिम संघमा आबद्ध तथा स्वघाेषित मुस्लिम अगुवाहरुले सम्मान स्वरुप टाेपी लगाएकाे जिकिर सामाजिक सञ्जालमार्फत् दिईरहेका छन् । तर के सम्मान अन्य समुदायका दिदिबहिनीलाई मात्रै हाे, पुरुष दाजुभाईलाई किन भएन/गरिएन ? उक्त कुराकाे जवाफ पनि मुस्लिम संघ वा साे संघकाे नाममा आफ्नाे दुनाे साेझ्याईरहेका स्वघाेषित अगुवाहरुले दिनुपर्छ ? जुन उत्तरकाे मलाई पनि खाँचाे छ ।

सर्वसम्मतले संघका पदाधिकारी नयाँ व्यक्तिहरु अध्यक्ष, उपाध्यक्षमा आएका छन् उहाँहरुलाई अबिर लगाईएकाे छ । उहाँहरु कहाँकाे युद्घ जितेर आएका थिए ? वा कुनै भाेटिंग गरेर आएका थिए, अधिकाँश उत्तरकाे प्रतिक्षामा छन । ‘मुस्लिम पहिचान झल्किने टाेपी’ लगाउनुकाे सट्टा अबिरले टीका लगाई रहँदा उपस्थित मुस्लिम अगुवा तथा मुस्लिम समुदायकाे नामबाट पार्टीमा टिकट लिई माननीय समेत भैसकेका नेपाली काँग्रेसका मुस्लिम अगुवाहरुलाई मुस्लिमकाे पहिचान झल्किने कुनै कुरा (टाेपी, गम्छा, कुर्ता) नेपालगञ्जमा पाएनन् कि ? यद्यपि मुस्लिम संघ बाहेकका सम्पूर्ण राजनीतिक तथा सामाजिक कार्यक्रमहरुमा बाँकेका अधिकाँश मुस्लिमले अबिर माला लगाएकै हुन् । यति हुँदा हुँदै पनि धक पूरा भएन र मुस्लिम संघमा पनि अबिर र टीका लगाए, धन्य हाे मुस्लिम संघ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया