Close sidebar

नेपाल–भारत जमुनाह सीमानाका आजबाट पूर्णरुपमा बन्द हुँदै

२०८० बैशाख १९ गते, मंगलवार १४:०९

नेपालगन्ज / नेपाल–भारत जमुनाह सीमानाका दुई दिनका लागि आजबाट बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेश श्रावस्ती र बहराइच जिल्लामा यही वैशाख २१ गते बिहिवार हुने नगरपञ्चायतको निर्वाचनका लागि मङ्गलबार बेलुका ६ बजेदेखि बिहिवार बेलुका ६ बजे सम्मका लागि सीमानाका पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार  सूचनामार्फत जानकारी गराइएको हो ।

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचन हुनु भन्दा ४८ घण्टा अघि सीमानाका बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताउनुभयो । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल भएको छ । नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलता अनुसार काम गर्ने सहमति भएको बताए ।

खुला सीमाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरिने जनाएको छ । दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टाअघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । सिमाना बन्द अवधीमा हरियो तरकारी, माछा, दूध, पेट्रोलियम पदार्थ, एम्बुलेन्स, शव-बहन लगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया