Close sidebar

चर्चित फुटबल खेलाडी मेस्सी एक्कासी परिवारसहित किन गए साउदी अरेबिया ?

२०८० बैशाख १९ गते, मंगलवार १६:०२

न्युज डेस्क / अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेस्सी एक्कासी आफ्नो परिवारसँग साउदी अरेबिया गएका छन, यो खबर सुनेर बार्सिलोनाका फ्यानहरु छक्क पर्न सक्छन् ।  मेस्सी पहिलेदेखि नै साउदी अरेबियाका पर्यटन राजदूत हुन्, त्यसै अन्तर्गत मेस्सीले आफ्नो सम्पूर्ण परिवार सहित यो मरुभूमिमा पाइला टेकेका हुन ।

साउदी अरेबियाका पर्यटन मन्त्री अहमद अल-खातिबले ट्वीट गर्दै साउदी अरेबियाका पर्यटन राजदूत मेस्सी र उनको परिवारलाई साउदी अरेबियामा स्वागत गर्न पाउँदा मलाई निकै खुशी लागेको छ । मेस्सी र उनको परिवार दोस्रो पटक साउदी अरेबियामा छुट्टी मनाउन गएका छन् । यसअघि मेस्सी सन् २०२२ मा साउदी अरेबिया गएका थिए ।

केही दिनअघि मेस्सीले इन्स्टाग्राममा साउदी जाने इच्छा व्यक्त गरेका थिए । साउदी अरेबियामा पर्यटन प्रवर्द्धन गर्न मेसीको एक हिस्सा थियो । माथि निलो आकाश र तल हरियो घाँसमा ताडको रूखको रेखासहितको तस्बिरसँगै मेस्सीले लेखे, ‘कसले सोचेको होला साउदी अरेबिया यति हरियो छ ? मलाई देशको अप्रत्याशित सौन्दर्यको आनन्द लिन त्यहाँ जान मन पर्छ ।

                                           – डा. जैनुल अबेदिन

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया