Close sidebar

मुस्लिम समुदायले अलबिदाको सामुहिक नमाज पढेर अलबिदा पर्ब मनाए

२०८० बैशाख ८ गते, शुक्रबार १५:२९

ताहिर शेषराई (साहिल)

नेपालगन्ज / इस्लाम धर्मावलम्बीहरूले हर्षोल्लासका साथ आज अलबिदा पर्व मनाएका छन । पवित्र महिना रमजानको अन्तिम पर्ने शुक्रबार एकसाथ अलबिदाको सामुहिक नमाज पढेर अलबिदा पर्ब मनाएका हुन ।

नेपालगन्जस्थित जामा मस्जिद, फुलवारी मस्जिद, गौसिया मस्जिद, धम्बोझी मस्जिद, ईदगाह मस्जिद लगायत विभिन्न मस्जिदहरूमा दिउँसो अलबिदाको विशेष नमाज पढेर शुभकामना साटासाट गरे । अलबिदाको विशेष नमाज सकिंदा रमजान रोजा आफुबाट बिदा भएको धार्मिक मान्यता रहेको छ । यस दिनलाई सानो ईदका रूपमा मनाइने धार्मिक अगुवाहरू बताउँछन् ।

महान पर्व रमजान शुरू भएको आज २९ औं दिन भएको छ । अराबिक क्यालेन्डर अन्तर्गत रमजान एउटा महत्त्वपूर्ण महिना हो । यहि महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा महत्त्वपुर्ण र पवित्र महिनाको रूपमा मानिन्छ ।

अराबिक पात्रो हिजरी सम्वत अनुसार रमजान नवौं महिना अर्न्तगत पर्दछ । उक्त पात्रोमा यसलाई पूर्ण रुपमा ‘रमजानुल मुबारक भनिन्छ । यो महिना अवधिभरि दान दिनु , गरिब र असहायलाई मद्दत गर्नु , जकात / फितरा दिनु यो महिनाको ठुलो विशेषता हो । हरेक मुसलमानले जकात र फितरा ईदको नमाज अगावै दिन अनिवार्य छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया