Close sidebar

साउदी विदेश मन्त्री प्रिन्स फरहानको १२ वर्षपछि दमिश्क भ्रमण

२०८० बैशाख ८ गते, शुक्रबार ०५:२०

डा. जैनुल आबेदिन / साउदी विदेश मन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदले १२ वर्षपछि अप्रिल १८ मा दमिश्कको भ्रमण गरी सिरियाली राष्ट्रपति बसर अल-असदसँग भेट गरे । दुई देशबीचको कूटनीतिक सम्बन्ध पुनर्स्थापनाका विषयमा छलफल गर्न साउदी विदेश मन्त्री दमिश्कको भ्रमण गरेका छन् । गत हप्ता सिरियाली विदेश मन्त्री फैसल अल मिक्दादले आफ्ना साउदी समकक्षीसँग भेट गरेका थिए । जवाफमा साउदी विदेश मन्त्री फरहानले दमिश्क गए र फैसल अल-मिक्दादसँग भेट गरे ।

दमिश्क र रियाद बीचको सम्बन्ध पुनर्जीवित गर्ने कदम यस्तो समयमा आएको हो जब साउदी अरेबियाले विगत १२ वर्षदेखि सिरियाली विपक्षी र केही आतंकवादी समूहहरूलाई आर्थिक, सैन्य र राजनीतिक समर्थन गर्दै आएको छ । व्यापक आधारमा समर्थनको लागि साउदी सरकारको मुख्य लक्ष्य सिरियामा बसर अल-असदको पतन थियो ।

विदेश मन्त्री प्रिन्स फैसल बिन फरहानको सिरिया भ्रमण यस्तो समयमा आएको हो जब साउदी अरेबिया, खाडी सहयोग परिषद् (जीसीसी) सदस्य राष्ट्रहरू र इजिप्ट, जोर्डन र इराकका विदेश मन्त्रीहरूबीच सिरियालाई अरब लिगमा फर्काउने विषयमा छलफल चलिरहेको छ । साउदी अरब लिगको आगामी बैठकमा सिरियाको सहभागिताका लागि मैदान तयार गर्ने प्रयासमा रहेको विश्वास गरिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया