Close sidebar

नेपालगञ्जबाट ठुलाे मात्रामा सुनका गहनासहित दुई जना पक्राउ

२०८० बैशाख ७ गते, बिहीबार १८:३१

नेपालगञ्ज / बाँके प्रहरीले नेपालगञ्जबाट ठुलाे मात्रामा सुनका गरगहना सहित दुई जनालाई पक्राउ गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ न्यूरोडस्थित एक होटलबाट करिब पाँच किलो सुनका गरगहना सहित दुई जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार राति करिब पौने ९ बजेतिर न्यू इन्द्रेणी होटलबाट ४ किलो ९ सय २७ दशमलव २ सय १८ ग्राम सुनका विभिन्न गरगहना सहित विराटनगर महानगरपालिका वडा नम्बर ९ का ४२ वर्षीय रमेश सोनी र ३६ वर्षीय प्रकाश ठाकुरलाई पक्राउ गरिएको बताइएको छ ।

न्यू इन्द्रेणी होटल तर्फ जाँदै गरेका मानिसहरुले अवैध सुनको कारोबार गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलिले शंकास्पद रुपमा रहेका दुई जनालाई चेकजाँच गर्दा उनीहरूले बोकेको झोला भित्र सुन जस्तो देखिने विभिन्न गरगहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिनुभयाे ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसूत्र, बाला, ढुङ्ग्री, औँठी लगायत सुनका गहना प्रहरीले गएराति बरामद बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया