
बाँके / नेपालगन्जमा आज भुकम्पको धक्का महसुस भएको छ । सुदूरपश्चिम बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर मंगलबार दिउँसो करिब २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाइएको हो ।
भूकम्पको धक्का सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत भारतका विभिन्न राज्यमा समेत महसुस भएको खबर प्राप्त भएको छ ।
भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा समेत क्षति पुगेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको छ । मानिसहरु भूकम्पपछि घर बाहिर निस्केका छन् । क्षतीको विस्तुत विवरण आउन बाँकी छ ।
