Close sidebar

नेपालगन्जमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा

२०७९ माघ ९ गते, सोमबार २०:५३

नेपालगन्ज / बाँकेको नेपालगञ्जमा हुन लागेको प्रादेशिक स्तरीय ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाइएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा भोलि माघ १० गतेदेखि २४ गतेसम्म नेपालगञ्ज – १८ स्थित सडक डिभिजन कार्यालय कारकाँदो परिसरमा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी गराइएको हो ।

‘समृद नेपालको प्रमुख आधार ब्यापार कृषि पर्यटन सांस्कृतिक तथा रोजगारको पूर्वाधार’ भन्ने मूल नाराका साथ महोत्सवको मंगलबार विधिवदरुपमा उद्घाटन हुदैँछ । उद्घाटनको दिन धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म भब्य झाकीसहितको र्‍याली आयोजना गरिएको आयोजक सचिवालय संयोजक जिआर भुसालले जानकारी दिए ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)को प्रमुख आतिथ्यतामा हुने पत्रकार सम्मेलनमा बताइएको छ । महोत्सवमा मुख्य प्रयोजकमा ट्रिटेक इस्टिल इन्डष्ट्रिज रहेको छ भने क्रमश उप-मुख्य प्रायोजकमा मेरो प्लानेट, सह-मुख्य प्रायोजकमा र भुसाल ग्रुप, प्रायोजकमा होटल स्टार लाइट, पावर महिन्द्रा, सह-प्रायोजकहरुमा रकल्याण्ड हस्पिटल, होटर सीताराम गेस्ट हाउस, देभिना हस्पिटल, मेडिकल पार्टनरमा एचसिआरसि हस्पिटल, इन्सुरेन्समा पार्टरन नेको इन्सुरेन्स लि., इन्टरनेट पार्टनरमा भाएनेट, स्कीन पार्टनरमा नेपालगञ्ज स्कीन सेन्टर, ब्युटी पार्टनरमा आसिम शैलुन, मिडिया पार्टनरमा दैनिक नेपालगञ्ज, नाईल खबर डटकम, सोसल मिडिया पार्टनरमा नेपालगञ्ज ग्यालरी रहेका छन् ।

विगत केही वर्षदेखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेको परिस्थितिलाई मध्यनजर गर्दै यो महोत्सव आयोजना गरिएको संयोजक भुसारले बताए । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्राथमिकता तथा स्थानीय वस्तुलाई पनि प्राथमिकता दिइएको छ । महोत्सव अवधिमा करिब २ करोडभन्दा बढी कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।

संयोजक भुसालले भने, ‘महोत्सवमा साधारण प्रवेश शुल्क ६० रुपैँया र विद्यार्थीलाई ५० रुपैँया निर्धारण गरिएको छ । महोत्सवमा २ सय स्टल रहेका छन् । जसमा थारु होमस्टे र थारु गाँउसमेत समावेश गरिएको हो । ९६ प्रतिशत स्टल बुकिङ्ग भइसकेको छ ।’

महोत्सवलाई मख्य आर्कषक बनाउन लघु घरेलु साना उद्योगीको ६० प्रतिशतभन्दा बढी उत्पादनका स्टलहरु रहने छन् भने यस क्षेत्र मै पहिलोपटक कुस्ती प्रतियोगिता आयोजना हुनेछ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी देवा थापालगायतका खेलाडीहरुको सहभागिता रहनेछ ।

यस्तै महोत्सवमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । महोत्सवभित्र टिकटक प्वाइन्टसमेत रहनेछ । महोत्सवमा करिब २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया