Close sidebar

खजुरामा बिहिवारदेखि मुसबेटवा बाबा मेला सञ्चालन हुने

२०७९ माघ १० गते, मंगलवार १८:४१

अजमत अलि इद्रिसी✍️

खजुरा, बाँके / हिन्दू–मुस्लिम समुदायका मानिसहरूको आस्थाको केन्द्र बिन्दु मानिने बाँकेस्थित खजुरामा रहेको मुसबेटवा बाबा मेला बिहीबारदेखि सञ्चालन हुने भएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ४ को आयोजनामा र न्यु डाँफे स्पोर्टस क्लब खजुराको व्यवस्थापनामा तीन दिने मुसबेटवा बाबा मेला माघ १२ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाइएको हो ।

वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन लाग्दै आएको मेला हिन्दू–मुस्लिम समुदायका मानिसले मुसबेटवा बाबाको मजारमा च्यादर चढाएर मेलाको शुभारम्भ गरिने गर्दछ ।

परम्परागत रुपमा वर्षौदेखि लाग्दै आएको मेलालाई थप व्यवस्थित गर्न स्थानिय युवाहरुलाई जिम्मेवारी दिइएको वडा नं. ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन हुने मेलामा आउने भक्तजनको उचित व्यवस्थापनमा स्वंयसेवक खटिने क्लवका सचिव यमनाथ दहालले बताए । सो मेलालाई सफल बनाउन सबै स्टल र सुरक्षाको व्यवस्थापन मिलाउन सचिवालय स्थापना गरिएको आयोजक समितिले जनाएको छ ।

यसैगरी हिन्दू–मुस्लिम आस्थाको केन्द्र मानिने बाँकेको नरैनापुर र खजुराको धार्मिक पर्टकीय स्थल मध्ये सरकारले ओझेलमा परेका पर्यटकीय स्थलको प्रवर्धनका लागि दुई बर्षअघि एक सय वटा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने क्रममा डुडुवा गाउँपालिकास्थित कम्मर शाह बाबाको मजारलाई सूचीकृत गरिसकेको छ ।

मेलामा ५० हजार भन्दा बढिले अवलोकन गर्ने अनुमान रहेको आयोजकले जानकारी दिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया