Close sidebar

जानकीका ४८ जना किसानलाई स्प्रे ट्यान्की वितरण

२०७९ माघ ८ गते, आईतवार १८:०२

ताहिर शेषराई (साहिल)
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका अनतर्गत ५ नम्बर वडा कार्यालयले आज किसानहरुलाई स्प्रे ट्यान्की वितरण गरेको छ । किसानहरूलाई आत्मानिर्भर र उत्पादन बढाउने उद्देश्यका साथ वडा नम्बर ५ ले आइतबार गनापुरमा एक कार्यक्रमको आयोजना गरी ४८ जना किसानहरुलाई स्प्रे ट्यान्की वितरण गरेको हो ।

वडा नं. ५ का वडा अध्यक्ष टिकानाथ यादवको अध्यक्षतामा भएको वितरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी समेत रहेका जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँले १६ लिटरको स्प्रे ट्यान्की किसानलाई वितरण गरेका थिए ।

कृषि र किसानकाे मेहनतले नै जीवन चलाउन सहज भएकाे भन्दै कृषि कार्य गर्न सहजता हाेस भनेर याे सामानकाे व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष खाँनले बताउनु भयो । उहाँले भन्नू भयो – किसानका लागि गाउँपालिका सदैव सकारात्मक रहेकाे र आगामी दिनका याेजनाहरू निर्माण गरिरहेकाे पनि जानकारी गराउनुभयाे ।

वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले निर्वाचनका बेला मैले भने अनुसार कार्य गरिरहेकाे र त्यसैअनुसार सबै टाेल गाउँका किसानहरुकाे सहभागिता हुने गरि सामाग्री वितरण गरिएकाे बताउनुभयो । ‘किसान अन्नदाता हुन, उहाँहरूलाई सम्मान गर्नुपर्छ ।’ अध्यक्ष यादवले भन्नुभयाे, कृषि क्षेत्रकाे बिकास नै मानव अस्तित्व हाे । कृषि कर्म गर्नेहरूलाई हृदयदेखि सम्मान व्यक्त गर्दछु ।

कृषि खेतिमा सहजता ल्याउन कृषि समाग्रि बितरण गरिएकाे प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताउनुभयाे ।
कृषि क्षेत्रमा नमुना बनाउन आगामी दिनमा प्राङगारिक मल उत्पादन गर्ने किसानहरुलाई सहयोग गर्ने याेजना निर्माण गर्ने समेत उहाँले बताए । ‘गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेका किसानहरुको उत्पादनका लागि बजारीकरण गर्न पहल थाल्नेछु ।, प्रशासकीय अधिकृत डाँगीले भन्नुभयाे ।’ त्यसका लागि सहकारी लगायत संस्थाहरूसंँग समन्वय गरि कृषि उत्पादन संकलन गरि एकै स्थानबाट एकमुष्ट बिक्री बितरण हुनेछ ।

कार्यक्रमको संचालन विपद तथा वातावरण व्यवस्थापन समितिका शाखा प्रमुख राजेन्द्र बाजपेयीले गरेका थिए भने
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य जुल्फिकार मनिहार, वडा नम्बर २ अध्यक्ष चन्द्रीका गुप्ता, सामाजिक विकास संयोजक रामअचल धोबी, कार्यपालिका सदस्य, जिन्सि शाखा प्रमुख राजु यादव तथा वडा सदस्य लगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया