
नेपालगन्ज / नेपालगन्जकी व्यूटिसियन गीता भण्डारीले वरिष्ठ सौन्दर्यविद सम्मान प्राप्त गर्नु भएको छ । अनुराधा फिल्म इन्टरनेशनल प्रा.लि.को आयोजनामा शुक्रबार काठमाडौमा सम्पन्न “दोस्रो ओ टु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड–२०७९“ को अवसरमा भण्डारीलाई वरिष्ठ सौन्दर्यविद सम्मानबाट सम्मानित गरिएको हो ।
देशभरका सौन्दर्यकर्मीको सहभागिता रहेको कार्यक्रममा सांसद एवं पुर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भण्डारीलाई सम्मान गर्नु भएको हो । अढाई दशकदेखि सौन्दर्यकला व्यवसायमा सक्रिय रहेर देशका यूवापुस्तालाई आत्मनिर्भर एवं स्वरोजगारीमुखी बन्ने कार्यमा पु¥याउनु भएको योगदान स्वरुप सम्मान गरिएको हो ।
नेपालगन्जस्थित गुड आइडियल व्यूटी ट्रेनिङ सेन्टर स्थापना गरि प्रशिक्षणमार्फत रोजगारी प्रदान गरेर सौन्दर्य व्यवसायलाई स्वदेशमै स्थापीत गरि यूवाहरुलाई उद्यमशील बनाउने अभियानमा योदान पुर्याउनु भएकोमा भण्डारीलाई सममान गरिएको बताइएको छ ।

