Close sidebar

वडाअध्यक्ष राईलाई अस्पतालले भर्ना त गरियो तर उपचारमा लापरवाही कायमै

२०७९ जेष्ठ २४ गते, मंगलवार १३:०७

नेपालगन्ज /  बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ बाट नवनिर्वाचित वडा अध्यक्ष मोहम्मद रजा राईको स्वास्थ अवस्था बिग्रिंदै जाँदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौंमा भर्ना गरिएको छ ।

वडा अध्यक्ष राईलाई आइतबार काठमाडौं अस्पतालमा भर्ना गरिए त पनि उपचारमा चिकित्सकको लापरवाही कायमै रहेको बुझिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाण्डाै रिफर भई आएदेखि भर्ना मात्र गरिएकाे छ, तर उनकाे उपचारमा चिकित्सकहरुले लापरवाही गरिरहेकाे पारिवारिक स्रोतको आराेप छ ।

जेष्ठ २१ गते वडा अध्यक्ष राईको स्वास्थ्यमा गडबडी भएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएकाे थियाे । तर उनको स्वास्थ्यमा सुधार नभएको हुँदा उनलाई २२ गते बिहान करिब ८ बजेतिर काठमाण्डौ रिफर गरि पठाईएकाे हो ।

देश गणतन्त्रमा गएपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा नवनिर्वाचित राईको नस ब्लक भएको हुँदा आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौं रिफर गरिएकाे उपचारमा खटिएका डाक्टरले बताइएका हुन् ।

वडाध्यक्ष राई बिरामी परेपछि वडा कार्यालयको अध्यक्षबाट हुने कामकाज राेकिएको वडाबासीहरूकाे गुनासो छ । एक जना सेवाग्राहीले आफ्नाे छाेराेकाे नागरिकता सिफारिसका लागि वडा कार्यालय पुग्दा अध्यक्ष नभएपछि फर्केकाे बताएका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया