Close sidebar

आज बिहानैदेखि राजापुर–गुलरिया सडकखण्ड अवरुद्ध

२०७९ जेष्ठ २४ गते, मंगलवार १३:५७

बर्दिया / आज बिहानै देखि बर्दियाको राजापुर – गुलरिया जाने सडकखण्ड स्थानीयबासीहरूले अवरुद्ध गरेका छन् ।

बाघ नियन्त्रण र पीडित परिवारलाई क्षतिपूर्ति नदिएको बिरोधमा स्थानीयबासीहरूले मंगलबार बिहानै देखि राजापुर–गुलरिया सडकखण्ड अवरुद्ध गरेका हुन् ।

सोमबार विहान करिब ९ बजे बर्दियाको मधुवन नगरपालिका वडा नम्बर २ सोनाहा गाउँमा आफ्नै खेतमा काम गरिरहेकी अवस्थामा अस्मिता थारुलाई बाघले आक्रमण गरेको थियो ।

थारुलाई बाघले आक्रमण गरेपछि बाघ नियन्त्रणको माग राखेर स्थानीयबासीले सोमबार दिउँसो साढे एक बजेदेखि ओराली बजारमा प्रर्दशन गरेका थिए । प्रदर्शनकारीले सडक अबरुद्ध भएपछि सोमबार बेलुका ६ बजेतिर प्रहरीले बल प्रयोग गरेर बाटो खुलाउन प्रयास गरेको थियो ।

सो क्रममा प्रहरी र स्थानीयबासी बीच भएको दोहोरो झडपमा १८ वर्षीया नविना थारुको मृत्यु भएको थियाे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया