साउदी अरेबिया / बिगत दुई बर्ष कोरोना महामारीको लामो अन्तरालपछि हजयात्रीको पहिलो समूह आज साउदी अरेबिया पुगेको छ । साउदी अरेबियाले सन् २०२० पछि विदेशबाट हज गर्न आउने तीर्थयात्रीको पहिलो समूहलाई आइतबार स्वागत गरेको छ ।
कोरोना महामारीपछि यस बर्ष बाहिरी देशका मानिसहरूलाई हजका लागि साउदी अरेबिया आउन अनुमति दिइएको हो ।
कोरोना महामारीका कारण यसअघि मार्च २०२० मा हजका लागि साउदी जान पाएका थिए ।
आइतबार इन्डोनेसियाबाट ३ सय ५८ जनाको पहिलो समूह साउदी अरेबिया पुगेको साउदी अरेबियाका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।
यसैगरी बंगलादेशबाट ४ सय १९ हज तीर्थयात्रीहरूको पहिलो समूहलाई आइतबार नै जेद्दाको किंग अब्दुलअजीज अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हरमाइनले जानकारी दिएको छ ।
त्यसैगरी भारतको केन्द्र शासित प्रदेश जम्मु कश्मीरबाट पनि १ सय ४५ तीर्थयात्रीको पहिलो समूह आइतबार हज यात्राको लागि प्रस्थान गरेको छ । ती तीर्थयात्रीहरू श्रीनगरबाट दिल्लीको उडानमा चढेर हज यात्रालाई अगाडि बढाउनेछन् ।
हज कमिटीका कार्यकारी अधिकृत अबुल सलामले सामाजिक एजेन्सी एएनआईलाई भने, “पहिलो ब्याचमा जम्मा १ सय ४५ हजयात्री प्रस्थान गर्नेछन् । १ सय ४५ /१ सय ४५ को यो ब्याच अर्को दुई दिनसम्म प्रस्थान गर्ने छ । तेस्रो दिनबाट यो संख्या दोब्बर हुनेछ । २ सय ९० तीर्थयात्री ” प्रस्थान हुनेछन ।”
यस्तै पाकिस्तानबाट पहिलो हज उडान (सोमबार) बिहान ३:३० बजे राजधानी इस्लामावादबाट प्रस्थान गर्नेछ त्यसपछि रोड टु मक्का पहल अन्तर्गत अन्य धेरै सहरबाट प्रस्थानको श्रृंखला हुनेछ ।

