Close sidebar

बस दुर्घटना मृत्यु भएका ९ जना मध्ये बाबू–छोरा गरि ८ जनाको सनाखत

२०७९ जेष्ठ २२ गते, आईतवार २३:१७

भैरहवा /  रुपन्देहीको  रोहिणी  खोलामा बस पल्टिंदा आठ जनाको  पहिचान  भएको  छ ।  जसमा  एकै परिवारका पाँच जना सवार बसमा बाबु – छोराको मृत्यु भएको छ, भने अन्य तीन जना घाइते भएका  छन ।  दुर्घटनामा  ५०  वर्षीया  बुवा  नागेन्द्र  शर्मा  र छोरा ४० वर्षीया  अरविन्द्र  शर्माको  मृत्यु  भएको हो ।

दुर्घटनामा अरविन्द्रको श्रीमती सीता,  छोरी : ५ वर्षीया संदीपा  र  छोरा : ४ वर्षीय  यश शर्माको  उपचार भइरहेको छ । सीताको इमरजेन्सी कक्षको स्पेशल केयर युनिटमा उपचार भइरहेको छ, भने संदीपा र यशको    इमरजेन्सीको    सामान्य    कक्षमा    उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ । उनीहरू पाँचै     जना   जनकपुरमा   रहेको   घरमा   विवाहका  लागि  गएका  थिए ।

यसैगरी   दुर्घटनामा   मृत्यु   भएका    अन्य  ६ जनाको पहिचान         हुनेमा       रुपन्देहीको     ओमसतिया  गाउँपालिका – ४ का     ६५ वर्षीय    राजेन्द्र  पाण्डे, तिलोत्तमा  नगरपालिका – ८ की  ३७ वर्षीया  तुलसी बस्याल, तिलोत्तमा – २ योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल,   रौतहट    चन्द्र   निगहपुरका – २०   वर्षीय  दिनेश   दास,    बुटवल     उपमहानगरपालिका – ११ कालिकानगरका    ४८  वर्षीय  कृष्णप्रसाद  बस्याल र सितामणि  भारतका  ४५ वर्षीय  सञ्जय गुप्ता रहेका छन् ।

दुर्घटनामा दुई जना बालक, ६ जना महिलासहित ३२ जना सवार बस दुर्घटनामा ९ जनाको मृत्यु भएको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिए । यो समाचार तयार पार्दा सम्म दुर्घटनामा मृत्यु भएका अन्दाजी ३०/३५ वर्षको एक जना पुरुषको भने       सनाखत      हुन       सकेको        छैन । जनकपुरबाट  भैरहवा  आउँदै   गरेको  लु २ ख ३८४१ नम्बरको रात्रीकालिन यात्रुवाहक बस भैरहवा–परासी सडक  खण्ड  अन्तर्गत   रोहिणी   पुलबाट  आइतबार बिहान  करिब  साढे ४  बजेतिर  पुलबाट तल खोलामा खसेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया