Close sidebar

बंगलादेश आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४० पुग्यो

२०७९ जेष्ठ २२ गते, आईतवार २१:४२

बंगलादेशको दक्षिण–पूर्वी शहर सीताकुन्डको एउटा कन्टेनर डिपोमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । ज्यान गुमाउनेमा पाँच जना अग्नी नियन्त्रक पनि रहेको बीबीसीले जनाएको छ ।सीताकुन्ड बंगलादेशको दोस्रो ठूलो शहर चटगाउँबाट ४० किलोमिटरको दूरीमा पर्छ । चटगाउँ मेडिकल कलेजका अनुसार अहिलेसम्म ३४ जनाको शव अस्पताल पर्‍याएको छ ।
आगलागीमा सयौँ जना घाइते भएका हुँदा ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । सीताकुन्डमा आगो लागेपछि आगो नियन्त्रणका लागि दमकल बोलाइएको थियो । त्यहीबेला विष्फोट पनि भएको बताइएको छ ।

आगलागीको कारण अहिलेसम्म थाहा हुन सकेको छैन । डिपोमा केही कन्टेनरमा केमिकल रहेको र त्यही कारण आगो फैलिएको हुनसक्न आँकलन गरिएको छ ।घटनास्थल आसपासका अस्पतालहरु घाइतेहरुले भरिएका छन् । उपचारमा रगतको अभाव भएपछि रक्तदानका लागि सर्वसाधारणलाई अपील गरिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया