चितवन / चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा काट्न तथा गाई वस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।
चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको ज्यान गएको हो ।
यसैगरी गैँडाको आक्रमणबाट ६ र जङ्गली हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परि १२ जनाको मृत्यु भएको थियो । त्यसमध्ये गैँडाको आक्रमणमा ४, बाघको आक्रमणमा ४, जङ्गली हात्तीको आक्रमणमा २, गौरी गाई र बँदेलको आक्रमणमा परी १/१ जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँएका अनुसार घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको बताएको हो ।
फाईल / तस्बिर
