नेपालगन्ज / नेपालगन्जको सभ्य पाइला सुधार केन्द्रमा केही समयअघि राखिएको ३० बर्षिय हिकमत थापाको मृत्यु भएको छ । थापाको मृत्युभएपछि अहिले भेरी अस्पतालमा आफन्तहरु आक्रोशित भएका छन् ।
उनीहरूले घटनाको वास्तविक छानबिन गरि दोषी उपर कडा कारबाहीको माँग गरेका हुन् ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ चौधरीपुरका थापाको बिहान सुधार केन्द्रले मृत्यु भएको जानकारी गराएपछि घटनाको यथार्थ छानबिन नहुँदासम्म शब नबुझ्ने पारिवारिक स्रोतले बताएका छन् ।
सुधार केन्द्रले थापाको उपचार गर्न पैसा माँग गरेपछि केही पैसा समेत दिएको पीडित परिवारले जनाएको छ । पारिवारिक स्रोतका अनुसार केन्द्रले थापाको मिडिकल गरेको कुनै प्रमाण नराखेको आरोप समेत लगाएका छन् ।
थापाको शरीरमा केही निला डाम देखिएको पारिवारिक स्रोतको भनाई छ ।
