Close sidebar

लाइभ प्रस्तुति दिइरहेका बलिउडका चर्चित गायक केकेको निधन

२०७९ जेष्ठ १८ गते, बुधबार ०९:०६

काठमाडौ /  विगत तीन दशकमा भारतीय संगीतप्रेमीहरूलाई धेरै हिट गीत दिएका गायक केके (कृष्णकुमार कुननाथ)को ५३ वर्षको उमेरमा निधन मृत्यु भएको छ । मंगलबार कोलकातामा एक कार्यक्रमको क्रममा लाइभ प्रस्तुति गर्दै थिए, त्यही क्रममा उनको लडेर मृत्यु भएको हो ।

भारतको कोलकातास्थित नजरुल मञ्चमा प्रस्तुति दिइरहेको बेला केके बेचैन हुन थालेपछि उनलाई नजिकैको सीएमआरआई अस्पताल लगिएको थियो जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

केकेको मृत्युको कारण अहिलेसम्म नखुलेपनि ग्राण्ड होटलको पाइलामा हृदयघातका कारण उनको मृत्यु भएको आशंका गरिएको छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया