Close sidebar

उपमहानगरपालिकालाई धुम्रपान रहित कार्यालय बनाउने प्रतिवद्धता

२०७९ जेष्ठ १७ गते, मंगलवार १९:१५

नेपालगन्ज /  नेपालगन्ज उपमहानगरपालिकालाई धुम्रपान रहित कार्यालय बनाउने प्रतिवद्धता ब्यक्त गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राईले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हुन् ।

विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी असल शासन क्लब (बास) नेपालगन्जको सहकार्यमा छपाई गरिएका विभिन्न सन्देश मुलक स्टिकर टाँसेर धुम्रपान रहित कार्यालय बनाउने अभियान सुरुवात गरिएको हो ।

त्यस अवसरमा नगर प्रमुख विष्ट र नगर उपप्रमुख राईले उपमहानगरपालिका कार्यालयलाई धुम्रपान रहित बनाउन कडाई गरिने बताएका थिए । सो क्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, बासका पदाधिकारी, उपमहानगरपालिकाका कर्मचारी लगायत उपस्थित भएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया