Close sidebar

दुर्घटनामा ज्यान गुमाइएकाहरु प्रति नेपालगन्जमा हार्दिक श्रद्धाञ्जली

२०७९ जेष्ठ १७ गते, मंगलवार ०२:४९

नेपालगन्ज /  आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखरादेखि जोमसोमको लागि उडेको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाइएकाहरु प्रति नेपालगन्जमा हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपालगन्ज युवाले आयोजना गरेको विमान दुर्घटनामा ज्यान गुमाइएकाहरु प्रति सोमबार साँझ करीब ६ बजेतिर नेपालगन्जको बिपी चौकमा क्यान्डील बालेर मौन धारण गरी हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।ट्वीन इन्जिन भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका २२ जना मध्ये २१ जनाको शव सोमबार भेटिएको हो । उद्धारमा सहभागी सेनाका अनुसार एक शव भने अहिलेसम्म भेटिएको छैन ।

आइतबार बेपत्ता भएको विमान सोमबार मुस्ताङको थसाङ गाउँपालिका – २ मानापाथी हिमाल नजिकै मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

उक्त विमानमा चार भारतीयसहित दुई जर्मन र १३ नेपाली पनि सवार थिए । यससँगै विमानमा चालक दलका तीन सदस्यसहित कुल २२ जना सवार थिए ।श्रद्धाञ्जली कार्यक्रममा विभिन्न संघ- संस्थाका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया