Close sidebar

हज समितिले आयोगमा कागजातहरू उपलब्ध गराइदिन अनुरोध

२०७९ जेष्ठ १६ गते, सोमबार २२:४४

नेपालगन्ज /  यस बर्ष धेरै नै रकम बुझाउनु परेको भनी गुनासो आएपछि मुस्लिम आयोगले नेपाल हज समितिसंग कागजातहरू उपलब्ध गराइदिनु हुन आदेशनुसार अनुरोध गरेको छ ।

सन २०२२ का लागि नेपालबाट हज गर्न साउदी अरेबिया जाने इच्छुक इस्लाम धर्मावलम्बीहरूले अघिल्लो पटक भन्दा यस वर्ष धेरै नै रकम बुझाउनु परेको भनी गुनासो आएपछि नेपाल हज समितिसंग तपसिल बमोजिमका कागजातहरू आयोगमा उपलब्ध गराइदिनु हुन आदेशनुसार अनुरोध गरेको हो ।

अघिल्लो    पटक    हज   गर्न   जाने     इस्लाम धर्मावलम्बीहरूले ब्यहोरेको सम्पूर्ण शिर्षकगत खर्च विवरण   र   यस   बर्ष   हज   गर्न    जाने    इस्लाम धर्मावलम्बीहरूले ब्यहोर्नु परेको सम्पूर्ण शिर्षकगत खर्च बिबरण उपलब्ध गराइदिनु हुन आयोगका शाखा अधिकृत दयाराम तिवारीद्वारा निकालिएको बिज्ञप्तिमा उल्लेख छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया