इरानी शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले खाडी क्षेत्रका छिमेकी राष्ट्रहरूलाई चेतावनी दिएका छन् । इरानीका अधिकार जानीले इरानविरुद्ध आक्रमण गर्न अमेरिकी सैन्य अड्डा प्रयोग गर्न नदिन खाडी क्षेत्रका राष्ट्रहरूलाई यस्तो चेतावनी दिएका हुन् ।
इजरायल र अमेरिकाको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनाइको मृत्यु भएपछि इरान निकै आक्रामक देखिएको छ । इरानले इजरायलसहित खाडी क्षेत्रका कैयौँ देशहरुमा आक्रमण गर्न थालेको छ ।
ती देशहरूले इरानमा आक्रमण गर्न आफ्ना देशमा रहेका सैन्य अखडा अमेरिकी सेनालाई प्रयोग गर्न दिए भीषण आक्रमण गर्ने कडा चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।



