Close sidebar

जानकीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृ-त्यु, एकजना घाइते

२०८२ फाल्गुन १९ गते, मंगलवार ००:४०

मानपुर । नेपालगन्ज – खजुरा सडकखण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृ-त्यु भएको छ । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ मानपुरस्थित सडकको डिभाइडरमा मोटरसाइकल ठोक्किएर कमलेश यादवको मृ-त्यु भएको हो ।

खजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे ४ प ७४८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा खजुरा गाँउपालिका ७ का २५ वर्षिय कमलेश यादवको मृ-त्यु भएको प्रहरीले जनाएको छ ।

तीब्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भई सडकको डिभाइडर (पर्खाल)मा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरी प्रवक्ता डीएसपी दिपक पतालीले बताए । दुर्घटनामा खजुरा गाँउपालिका वडा नम्बर ७ कै स्थानीय सुनिल राढ घाइते भएका छन् ।

घाइतेको नेपालगन्जमा उपचार भइरहेको डीएसपी पतालीले बताए । दुर्घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया