Close sidebar

डुडुवाको १९औ गाउँसभाद्वारा थप तीन करोडबढी रकम संशोधन

२०८२ पुष २६ गते, शनिबार ००:३९

डुडुवा । बाँकेको डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा सम्पन्न भएको छ । शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको हो ।

अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम सभा अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष चौधरीले डुडुवामा निर्माणाधीन स्टेचु अफ शिव, पिकनिक स्पट, होमस्टे संचालन, सांस्कृतिक प्रबद्र्धन र ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री वितरणलगायतका कार्यक्रमको करिब रु तीन करोडबढीको बजेट थप गरि शंसोधन गरेको प्रस्तुत गर्नुभयो ।

कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागत विकास क्षेत्रबाट उपलब्ध प्रगतिबारे जानकारी गराउनु भएको थियो । उहाँले पालिकाले बेतहनी स्वास्थ्य चौकीमा स्थापना गरेको आधारभुत अस्पताल र हिरमिनियामा निमार्णाधिन कोल्ड स्टोरको यही माघदेखि संचालन गर्ने भन्दै डुडुवाका नागरिकलाई सहज र शुलभ सेवा उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिएको बताउनुभयो ।

उहाँले डुडुवाले देशकै नमुनाको रुपमा काम गर्दै आएको दाबी गर्दै विगतका वर्षदेखि डुडुवा लिजा र स्वास्थ्य क्षेत्रलगायत मुल्याकंनमा प्रथम स्थान हासिल गरेको बताउनुभयो । उहाँले यहाका केही विपक्ष समुहले विभिन्न वहानामा बदनाम मात्र गर्ने गरेकाले त्यस्ता भ्रामक प्रचारतर्फ नलाग्न सबैलाई आग्रह गर्नुभयो ।

गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्यलगायतको सहभागिता रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया