Close sidebar

नेपालगन्जमा अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

२०८२ पुष ८ गते, मंगलवार १८:३३

नेपालगन्ज । बाँकेमा अत्यधिक चिसो बढेपछि नेपालगञ्जका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा शुक्रबारदेखि चार दिनसम्मका लागि सार्वजनिक बिदा दिइएको छ ।

८औं विद्यालय स्तरीय मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड खेलाडी छनौट खेलकुद प्रतियोगिता र हाल अत्यधिक चिसो मौसमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने समेत देखिएकाले पौष ११ गतेदेखि १४ गतेसम्म सार्वजनिक बिदा दिइएको हो ।

नेपालगन्ज  उपमहानगरपालिकाको आयोजना तथा प्याबसन नेपालगन्जको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने भएकाले सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा जाडो बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गार्खबहादुर थापाले एक सूचना प्रकाशित गरि जानकारी दिइएका हुन ।नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ । शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको छ । बाँकेमा निरन्तर पाँच दिनदेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया