Close sidebar

बाँकेमा अत्यधिक चिसो बढेपछि जानकीका विद्यालयमा बिदा

२०८२ पुष ८ गते, मंगलवार २२:१४

मानपुर । केही दिनयता तराईमा शीतलहर तथा हुस्सुका कारण अत्यधिक बढेको चिसोले जानकीका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । बाँकेमा अत्यधिक चिसो बढेपछि बुधबार र शुक्रबार दुई दिनका लागि जानकीका सम्पूर्ण विद्यालयहरूमा पठनपाठन बन्द गर्न निर्णय गरिएको हो ।

जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाकि प्रमुख कृष्णा कुमारी भण्डारीले मंगलबार शिक्षा शाखाको म्यासेन्जर मार्फत शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेपछि पौष ९ र ११ गते २ दिन सम्पूर्ण विद्यालय बन्द गरिने जनाइएको छ ।

चिसोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा जाडो विदा दिएको छ । गाउँपालिकाका अध्यक्ष छब्बन खाँले पौष १३ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न गराउन निर्देशन दिइएको सुचनामा उल्लेख छ । कोहलपुर र खजुरा गाउँपालिकाले पनि बुधबारदेखि जाडो विदा दिएको जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया