Close sidebar

प्रहरी भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते, एकको अवस्था गम्भीर

२०८२ पुष ३ गते, बिहीबार ०१:२३

नेपालगन्ज । चालकसहित तीनजना सवार मोटरसाइकललाई प्रहरीको भ्यानले ठक्कर दिँदा तिनै जना घाइते भएका छन । बाँकेको जानकी गाउँपालिका वडा नम्बर-४ स्थित नहरचोकमा बुधबार विहान प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा उनीहरु घाइते भएका हुन ।

नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको भे १ झ ३३९ नम्बरको प्रहरीको भ्यानले भे १३ प ९४२८ नम्बरको Apachi मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदो बस्ने २४ वर्षीय गिरिवल धोबी, ५५ वर्षीया सुर्ती धोबी र २० वर्षीया मञ्जु धोबी घाइते रहेका छन ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज (सन्जीवनी कलेज अफ मेडिकल साइन्स) नेपालगन्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया