Close sidebar

सम्बद्ध अधिकारीबिच सहमति भएपछि अस्पतालमा उपचाररत रहेकै बेला पूर्व मेयर गुप्ताले गरे अनशन स्थगित

२०८२ पुष ३ गते, बिहीबार १९:०४

मो. अरशद शेष राई✍️
नेपालगन्ज । सहकारी वित्तीय विकास संस्था लिमिटेडका बचतकर्ताको रकम फिर्ताको माग गर्दै तीन दिनदेखि जिल्ला प्रशासन कार्यालय, बाँकेको मुल गेटमा जारी अनिश्चितकालीन आमरण तथा रिले अनशन आज स्थगित गरिएको छ ।

यहीँ पुस १ गते मंगलबार दिउँसोबाट अनशनमा रहनुभएका नेपालगन्जका पूर्व मेयर तथा वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ताले मन्त्रालयका सम्बद्ध अधिकारीबिच सहमति भएपछि आमरण तथा रिले अनशन स्थगित गरिएको हो ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका निमित्ति सचिव अनिल मरासिनी र अनशनरत पक्षको तर्फबाट सहकारी संघर्ष समितिका सह-संयोजक आशुतोष कुमार शुक्लाबीच बिहीबार दिउँसो दुई बुदे सहमति भएपछि आमरण तथा रिले अनशन स्थगित गरिएको हो ।

जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको फैसला कार्यान्वयनको माग राखी अनशनमा रहनुभएका गुप्ताको स्वस्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि गएराती नै भेरी अस्पतालमा लगेर आइसीयुमा राखिएकाे थियाे ।

सहमतिपछि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका निमित्त सचिव मरासिनीले उपचाररत रहेका गुप्तालाई जुस खुवाएर अस्पतालबाटै अनशन ताेडिएका हुन । सहमतिपछि खुसयालीमा र्याली समेत निकालिएको थियोे ।

यस अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ, बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी, उच्च अदालत बार एसोसिएसन नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाही, जिल्ला बारका अध्यक्ष मेहरसिंह खत्री, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, इन्सेकका लुम्बिनी संयोजक भोला महत लगायतको उपस्थिति थियो ।

के भयो सहमति ?

१. अदालतको आदेश वमोजिम आज मिति २०८२ पुस ३गते दिउँसो १ः३० बजे तदर्थ समितिको बैठक बसी लुम्बिनी प्रदेश सहकारी ऐन, २००७६ वमोजिम सहकारी वित्तिय विकास संस्था लिमिटेडको साविकको सञ्चालक समिति विघटन गरी सोही ऐन वमेजिमको तदर्थ समिति गठन गरी प्रक्रिया अगाडि बढाउन सिफारिस गर्ने । उक्त सिफारिस वमोजिम सहकारी दर्ता अधिकारीको कार्यालय, लुम्बिनी प्रदेश (देउखुरी) नेपालले आवश्यक प्रक्रिया अगाडि वढाउने ।

२. आजैका मितिबाट अनशनरत पक्षले अनशनका सम्पूण कार्यक्रम अन्त गर्ने ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया