नेपालगन्ज । भारतबाट अबैध रुपमा ल्याइएको ब्रोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ जलपोखरीस्थित प्रहरी चौकी बेलभारबाट खटिएको प्रहरी टोलीले शनिबार २२ वटा ब्रोईलर कुखुरा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।
नियन्त्रणमा लिएको ब्रोईलर कुखुरा आवश्यक कार्वाहीको लागि नेपालगन्जस्थित पशु क्वारेन्टाईनमा पठाईएको प्रहरीले जनाएको छ ।


