Close sidebar

तिहार पर्व शुरु, आज धनतेरस मनाइँदै

२०८२ कार्तिक २ गते, शनिबार ११:५३

नेपालगन्ज । आज धनत्रयोदशी अर्थात धनतेरस मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । दिउँसो १ बजेर २३ मिनेटसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चकको पहिलो दिन नेपालीहरुको ठूलो चाड दिपावली (तिहार) पर्व विधिवत आजबाट शुरु हुँदैछ ।

यस दिन विशेष रूपमा धनका देवता कुवेर तथा धनधान्यकी देवी लक्ष्मीको पनि पूजाआराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । विशेष गरी दीपावलीको किनमेलका लागि धन्तेरसको दिन निक्कै उत्तम मानिन्छ । घरघरमा आजै साँझदेखि उज्यालो बत्ती बालेर नयाँ किनिएका धातुका सामान र धनका देवता कुवेर तथा धनधान्यकी देवी लक्ष्मीको पनि पूजाआराधना गरिन्छ ।

आजको दिन सुन र चाँदीका गहना वा सिक्का तथा तामा–पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानिन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् । धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । धनतेरस पर्व छिमेकी मुलुक भारतमा धुमधामका साथ मनाइन्छ ।

तिथिको घटबढका कारण पर्सि सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ । आइतबार अरुणोदयकालमा स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने बताउनुभयो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया सामान्यतः पाँच दिनको हुने यो पर्व यसपालि तिथिको भोग घटबढले एक दिन बढेर छ दिन भएको छ । भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि हो । यसपालि भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३९ मिनेट जुरेको समितिले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया