नेपालगन्ज । बाँकेका सचेत नागरिकले जिल्ला प्रशासन कार्यालय बाँकेमा आज ज्ञापन-पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी मार्फत सर्वसाधारण नागरिकहरुले शुक्रवार गृहमन्त्रीलाई ज्ञापन-पत्र बुझाएका हुन् ।
जिल्लास्तरमा प्रशंसिय र नियन्त्रण गरिएको धार्मिक सद्भाव कायम गर्न, भ्रष्टाचार नियन्त्रण, लागू औषध नियन्त्रण, यौन व्यवसाय नियन्त्रण र जुवातास नियन्त्रण गरेको भन्दै प्रजिअ जोशीलाई धन्यवाद दिंदै जिल्ला प्रशासन कार्यालय बाँके मार्फत गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन-पत्र बुझाइएका छन ।
ज्ञापन-पत्रमा लेखिएको छ, विशेषगरी भ्रष्टाचार नियन्त्रण, लागू औषध नियन्त्रण, यौन व्यवसाय नियन्त्रण, जुवा नियन्त्रण तथा धार्मिक सद्भाव कायम राख्ने कार्यहरू प्रभावकारी रूपमा जिल्ला प्रशासन कार्यालय बाँकेबाट सम्पन्न गर्दै आएको र प्रमुख जिल्ला अधिकारीको संयमित, निष्पक्ष र जनमुखी नेतृत्वले जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेको छ ।
गृह मन्त्रालयलाई जिल्लास्तरमा स्थानीय प्रशासन र सुरक्षा निकायबाट भएका सकारात्मक र अनुकरणीय कार्यहरूको निरन्तरताका लागि आवश्यक निर्देशन र प्रोत्साहन, सुरक्षा निकायसंगको समन्वय र परिचालनमा माहिर बाँकेको प्रमुख जिल्ला अधिकारीलाई थप हौसला, भ्रष्टाचार, लागूऔषध, यौन व्यवसाय, जुवा तथा तस्करी नियन्त्रणका प्रयासहरूलाई राष्ट्रिय प्राथमिकतामा राखेर कार्य सम्पादन र धार्मिक सद्भाव र सामाजिक एकताको सुदृढीकरणका लागि मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रमहरूलाई स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न बाँकेवासीले बुझाइएको ज्ञापन-पत्र मार्फत माँग गरिएको छ ।
ज्ञापन-पत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेको इमानदार प्रयास र गृह मन्त्रालयको निरन्तर मार्गदर्शनका लागि धन्यवादका साथै आगामी दिनमा पनि यस्ता जनमुखी प्रशासनिक गतिविधिहरूलाई निरन्तरता दिन मांंग गरिएको हो । शुक्रबार दिउँसो करिब दुईसय जनाको उपस्थितिमा बुझाइएको ज्ञापन-पत्रमा जिल्लामा पछिल्ला दिनहरूमा प्रमुख जिल्ला अधिकारी जोशीको नेतृत्वमा सुरक्षा निकायसंँगको समन्वय र सक्रियतामा विभिन्न सामाजिक र प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय कार्यहरू सम्पन्न भएको उल्लेख गरिएको छ ।



