Close sidebar

काठमाडौंमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, ७० बढी घाइते

२०८२ भाद्र २३ गते, सोमबार १४:३५

काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ, भने ७० जनाभन्दा बढी घाइते भएका छन् । घाइते प्रदर्शनीकारीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनको फोटो खिच्ने क्रममा प्रहरीले प्रहार गरेकाे गाेेली लागेर तीन जना पत्रकार समेत घाइते भएका छन । नयाँ पत्रिकाका फाेेटाे पत्रकार दिपेन्द्र ढुंगाना, कान्तिपुर टिभीका श्याम श्रेष्ठ र नेपाल प्रेसमा कार्यरत उमेश कार्की घाइते भएका छन् । प्रहरीले चलाएको रबरको गोली लागेको उनीहरु घाइते भएका हुन ।

सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा आफूलाई ‘जेन जी’ विशेष भनेर चिनाउने नवयुवा पुस्ताका प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठको पाखुरामा प्रहरीको गोली लागेर सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताए ।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँ बानेश्वरको संसद भवन भित्रै प्रवेश गरेको थियोे । प्रदर्शनकारीलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो । जिल्ला प्रशासन कार्यालयले काठमाडौंको माइतीघर-बानेश्वर-तीनकुने शंखमुल क्षेत्रमा अपराह्न १२:३० बजेदेखि राति १० बजे सम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया