Close sidebar

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार ०३:०८

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई भद्रकाली आसपासबाट आइतबार विहान नियन्त्रणमा लिइएको काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।

बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो ।

जाहेरी दर्तालगत्तै भागेर भारत गएका उनी केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा उनको खोजी गरिएको थियो । आजै उनको म्याद थपिएको छ । अदालतले उनलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया