बाँके । नेपालगञ्जको सक्रिय साहित्यिक संस्था ‘गुलजार–ए–अदब’मा नेतृत्व परिवर्तन भएको छ । संस्थाका संस्थापक तथा हालसम्म अध्यक्ष रहेका वरिष्ठ शायर अब्दुल लतीफ ‘शौक’ले स्वास्थ्य कमजोरीका कारण एक कार्यक्रमका बीच शनिबार देखि लागू हुने गरी नै अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो ।
उहाँले शनिबार नै मुस्तफा अहसन कुरैशी ‘अहसन’को अध्यक्षतामा नयाँ कार्यसमिति पुनर्गठन गरी नुरुल हसन राई ‘नुर’लाई उपाध्यक्ष र मोहम्मद आरिफ अन्सारी ‘अमन’लाई महासचिवको जिम्मेवारी सुम्पेको घोषणा गर्नुभयो ।
संस्थाका वर्तमान सचिव समेत रहनुभएका कुरैशीले संस्थापक अध्यक्षले नयाँ समितिलाई आवश्यक परामर्श लिएर पूर्णता दिने अधिकार पनि प्रदान गर्नुभएको बताउनुभयो । नवनियुक्त अध्यक्ष कुरैशीले शायरहरु तथा साहित्य प्रेमीहरुसँग छलफल गरी चाँडै नै समितिलाई पूर्णता दिने जानकारी समेत दिए ।
विगत ५ दशकदेखि ‘गुलजार–ए–अदब’ नेपाली साहित्यिक वातावरणमा उर्दू गजल, कविता तथा बहुभाषिक साहित्यिक गतिविधिमार्फत सक्रिय रहँदै आएको संस्था हो ।

