मो. अरशद शेष राई✍️
नेपालगन्ज । नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३, एक्लैनी स्थित आठ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपम प्रहरीले सोही ठाउँ बस्ने ५५ वर्षीय गुडडु हल्वाईलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी सम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले सोमबार दिउँसो हल्वाईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पीडित बालिकालाई तत्कालै उपचारका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ । चिकित्सकका अनुसार बालिकाको अवस्था गम्भीर छ ।
टोलमा घटेको यस प्रकारको जघन्य अपराधप्रति स्थानीयवासी र बालअधिकारकर्मीहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । दोषीलाई कडा कारबाहीको माग गर्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन ।
प्रहरीले घटनाको गम्भीरता र बालिकाको उमेरलाई ध्यानमा राख्दै मुद्दा दर्ता गरि हाल आरोपी हल्वाईमाथि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डीएसपी) दीपक पातलीले जानकारी दिए ।

