Close sidebar

जानकीका प्रहरीलाई दैवीप्रकोप सामाग्री हस्तान्तरण

२०८२ असार १९ गते, बिहीबार २३:२८

मानपुर । बाँकेको जानकी गाउँपालिकाले उद्धार सम्बन्धि सामाग्री आज हस्तान्तरण गरिएको छ । गाउँपालिका अन्तर्गत रहेका वातावरण तथा विपद व्यवस्थापन समिति शाखाले औपचारिक कार्यक्रमका बिच बुधबार सामाग्री हस्तान्तरण गरिएको हो ।जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकिय अधिकृत नर वहादुर विक, प्रवक्ता टिकानाथ यादव तथा वडा नम्बर १ का वडाध्यक्ष युनुस राईले संयुक्त रुपमा ईलाका प्रहरी कार्यालय खजुराखुर्दका ईन्चार्ज प्रहरी नायव निरीक्षक खगेन्द्र श्रेष्ठलाई दैवीप्रकोप उद्धार सम्बन्धि सामाग्री हस्तान्तरण गरेका हुन ।

शाखाले गैँती २ थान, गमबुट ५ जोडी, रेनकोट ७ थान, स्टील बाल्टी ३ थान र वाटर-लाईफ जकेट ३ थान लगायत उद्धार सामाग्री ईलाका प्रहरी कार्यालय खजुराखुर्दका ईन्चार्ज प्रहरी नायव निरीक्षक श्रेष्ठलाई हस्तान्तरण गरेको अध्यक्ष खाँले बताए ।पालिका अध्यक्ष खाँको अध्यक्षतामा भएको कार्यक्रममा वातावरण तथा विपद व्यवस्थापन समिति शाखाका प्रमुख राजेन्द्र वाजपेयीले सन्चालन गरेको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य रामअचल धोबी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया