Close sidebar

गुरुकुलको चारवर्षे याेजना निर्माण कार्यक्रम सम्पन्न

२०८२ बैशाख ८ गते, सोमबार ०१:२०

सलामत शेष
नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेकाे गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि.काे याेजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । गुरुकुलको ४ वर्षे रणनीतिक व्यवसायिक याेजना निर्माण कार्यक्रम एक औपचारिक कार्यक्रमको बिच सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै छत्र धमलाले प्रभावकारी रूपमा सफल बनाउन र प्रशिक्षककाे भुमिका निर्वाह गर्ने बताए । यसैगरी कार्यक्रममा नागरिक साकाेसका व्यवस्थापन गाेपाल थापा, यशुनाथ याेगी लगायतका वक्ताहरुले सहकारीका विषयमा महत्त्वपूर्ण सल्लाह सुझाव दिंदै यो याेजनाले संस्थाकाे आगामी कार्यदिशा तय गरेकाे र भावि लक्ष्य निर्धारण गरेकाे बताए ।

कार्यक्रममा गुरुकुलका सल्लाहकार प्रेम बहादुर शाह, सहकारीका व्यवस्थापन टिकाराम चाैधरी, व्यवस्थापन समितीका पदाधिकारी लगायत कर्मचारीको पनि उपस्थिति रहेकाे थियो । भने कार्यक्रममा पचास जना बढिको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया