Close sidebar

कर्णालीलाई पराजित गरि एपिएफ सेमिफाइनलमा प्रवेश

२०८२ बैशाख ८ गते, सोमबार २१:४२

नेपालगन्ज । बाँकेको नेपालगन्ज रंगशालामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जित हासिल गरेको छ । कर्णालीप्रदेश प्रदेशफुटबल संघ विरुद्ध ६–० गोल अन्तरले जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।खेलको सुरुवाती अवस्थामा दुबै टोलीको खेल निकै प्रतिस्पर्धात्मक देखिएको थियो । खेलको १८ औ मिनेटसम्म पुग्दा सुरुमा कसले गोल गर्छ भन्ने उत्सुकता निकै तिब्र थियो । पहिलो हापको १८ औ मिनेटमा कर्णाली प्रदेश फुटबल संघले आत्मघाती गोल गर्न पुग्यो । कर्णालीका टिना रावतले आत्मघाती गोल गरेपछि एपिएफले एक गोलले अग्रता लिन सफल भयो । आत्मघाति गोल संगै कर्णाली टिम आत्तिएको अवस्थामा प्रस्तुति दिइरहेको थियो ।

खेलको पहिलो हापको ३५ औ मिनेटमा एपिएफका रेनुका अधिकारीले टिमका तर्फबाट पहिलो गोल गरिन । यो संगै एपिएफले दोस्रो गोलको अग्रता लियो । खेलको ३६ औ मिनेटमा एपिएफका अनिता केसीले गरेको गोलले तिन गोलको अग्रता दिलाउन सफल भयो भने खेलको ४५ औ मिनेटमा गिता रानाले गरेको एक गोलले टिमलाई चौथो गोल दिलाउन सफल भयो । कडा प्रतिस्पर्धामा खेल भइरहदा दोस्रो हापको ४६ औ मिनेटमा रश्मी कुमारी घिसिङले थप एक गोल गरेर टिमलाई ५ गोलले अग्रता दिलाउन सफल भइन । कम्तिमा एक गोलको आशासहित मैदानमा कडा मेहनत गरीरहेको कर्णालीले पुनः खेलको ५० औ मिनेटमा आत्मघाती गोल गर्न पुग्यो । दोस्रो आत्मघाती गोल पनि कर्णालीकी टिना रावतबाट हुनपुग्यो । यो गोल कर्णालीका लागि निकै सकसपुर्ण रहन गयोे । यो गोल संगै एपिएफ ६ गोलले अग्रस्थानमा रहन सफल भयो । यो नजितापछि कर्णालीलाई निकै दबाब सहनु पर्‍यो भने एपिएफले थुप्रै गोल गर्ने अवसर गुमाउन पुग्यो ।

एपिएफले अझै थुप्रै गोल गर्न सक्ने संभावना थियो तर कर्णालीका गोल किपर लिला जोशीको प्रस्तुतीले थुप्रै गोल खानबाट कर्णालीलाई जोगायो । लिलाको यो प्रस्तुतीलाई दर्शकहरुले रोचक ढंगले लिइरहेको देखिन्थ्यो । यद्यपि कर्णालीले आजको खेलमा खाता खोलेको हेर्न चाहने दर्शकको सपना भने अधुरो रहन पुग्यो । कर्णालीविरुद्ध एपिएफले राष्ट्रिय टोलीका ९ खेलाडी मैदान उतारेको थियो । गोलकिपर अञ्जना रानामगरले भने एपिएफका लागि पहिलो डेब्यू गरीन । उनी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब छाडेपछि एपिएफ पुगेकी हुन् । दोस्रो हाफमा अञ्जनाको स्थान सावित्री किशनले लिएकी थिइन् । आजको खेलको म्यान अफ द म्याच रेनुना नगरकोटी घोसित हुन सफल भइन ।

उनलाई राष्ट्रिय महिला फुटबल टिमका कोच राजेन्द्र तामाङ, खेल प्रायोजक राजा खानका प्रतिनिधि सादाब खान र मनमाया मेमोरीयल फिजियोथेरापीका डाक्टर खेमा भण्डारीले नगर रुं ५ हजार प्रदान गरेका थिए । राष्ट्रिय खेलकुद परिषद लुम्बिनी प्रदेशका पुर्व सदस्य सचिव भिम वलीले खेलाडिलाई बल हस्तान्तरण गरेपछि प्रतियोगिता सुरु भएको थियो । त्यसअघि फिफा एन्थम र राष्ट्रिय गान प्रस्तुत गरीएको थियो । आजको मुख्य रेफ्रि जमुना आले मगर रहेकी थिइन । यसैगरी सहायक रेफ्रिहरुमा कृति सेन ,अनुप सिङ थारु र कृष्ण खत्री रहेका थिए ।खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबका कोच भगवती थापाले खेल मैदानको लेबल नमिलेका कारण धेरै पटक गोलको अवसर गुमाउनु परेको बताउदै आगामी खेल रोचक हुनेमा विश्वस्त रहेको बताइन । यस्तै क्याप्टेन अनिता बस्नेतले सोचे अनुसारको नजिजा आएपनि आफूहरुमा देखिएको कमीकमजोरी औल्याएकी थिइन । यस्तै कर्णाली प्रदेश प्रदेश फुटबल संघका कोच असिम खड्काले खेल मैदानको अभावका कारण अभ्यास गर्न नपाउँदा राम्रो नजिता नआएको बताए । उनले अब यो टिमलाई अभ्यस्त बनाएर अगाडी बढाउने बताएका छन । यस्तै क्याप्टेन संगिता अधिकारीले नेपालगन्जमा आएर यसरी खेल्न पाउनु नै आफूहरुका लागि ठुलो अवसर भएको बताएकी छिन । उनले यो खेलले अझै उत्साह थपेको र आगमी दिनमा राम्रो प्रस्तुती दिने बताइन । अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघकको सहकार्यमा जारी आजको यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको मिडिया संयोजक निरज गौतमले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनलमा मंगलबार भोली दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै दोस्रो सेमिफाइनलमा बुधबार एपिएफ र रौतहट जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुनेछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया