Close sidebar

सर्वोच्च अदालतका न्यायाधीश ढुंगानालाई नेपालगन्जमा स्वागत

२०८१ चैत्र १५ गते, शुक्रबार १२:०५

रिजवान मिर्जा✍️
नेपालगन्ज । बाँके जिल्लाका कानुन व्यावसायीहरुले सर्वोच्च अदालतका माननीय न्यायाधीश टेक प्रसाद ढुंगानालाई स्वागत गर्नुभएको छ । नेपालगन्ज उच्च अदालत बार एशोसिएसन तथा जिल्ला बार एशाेसिएसन संयुक्तले बिहिवार न्यायाधीश ढुंगानालाई नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि स्वागत तथा भेटघाट कार्यक्रम गर्नुभएको हो ।

स्वागत तथा भेटघाट कार्यक्रममा वरिष्ठ अधिवक्ताहरु भाेला सिंह हमाल, गिरिजाप्रसाद अग्रवाल, विजय गुप्ता, ध्रुव प्रसाद बस्याल, लाेक बहादुर शाह, श्याम प्रसाद गाैतम, अधिवक्ताहरु बसन्त गाैतम, विकास आचार्य, माे. अय्युब सिद्दिकी, भिम बहादुर शाही, शान्ति पाेखरेल, राकेश साेनी लगायतले आ-आफ्नो गुनासो र जिज्ञासा राखेका थिए ।

अधिवक्ता विश्वजित तिवारीले स्वागत मन्तव्य राखेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका माननीय न्यायाधीश टेक प्रसाद ढुंगानाले सबै कानुन व्यवसायीहरुकाे गुनासो सुनी टिपाेट गरि बुँदागत रुपमा जवाफ दिई समस्या समाधन गर्ने आश्वासन दिनुभएको थियोे ।

जिल्ला बार एशाेसिएसनका अध्यक्ष अधिवक्ता मेहरसिँह खत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन उच्च अदालत बार एशाेसिएसन नेपालगन्जका सचिव गणेश प्रसाद शर्माले गरेका थिए । कार्यक्रममा जिल्ला उच्च लगायत बर्दियाका कानुन व्यवसायीहरुकाे समेत उपस्थिति रहेकाे थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया