Close sidebar

कानून व्यवसायी परिषद्को लुम्बिनी प्रदेश पार्षदमा ज्ञवाली निर्वाचित

२०८१ माघ २७ गते, आईतवार ०२:२९

रिजवान मिर्जा✍️
नेपालगन्ज । नेपाल कानून व्यवसायी परिषद्को लुम्बिनी प्रदेश पार्षदमा ईश्वरी प्रसाद ज्ञवाली निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचनमा १६५ मतान्तरका साथ ज्ञवाली प्रदेश पार्षदमा निर्वाचित हुनुभएको हो ।

ज्ञवालीले ४३८ मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी मदन कुमार पुनले २७३ मत प्राप्त गरेर पराजित हुनुभएको छ ।

नेपालगन्जस्थित जिल्ला अदालत बार एशाेसिएसनको भवनमा बिहान १० बजेदेखि दिउँसो ४ बजे सम्पन्न निर्वाचनमा नेपालगन्ज मतदान केन्द्रबाट ज्ञवालीले २१६ मत प्राप्त गर्नुभएको थियोे भने पुनले ७६ मत प्राप्त गरेका थिए । नेपालगन्जमा ३२० जना मतदाता रहेका थिए ।

त्यसैगरी पाल्पाबाट ज्ञवालीले १९ मत प्राप्त गर्नुभएको थियोे भने पुनले १४ मत प्राप्त गरेका थिए । यस्तै तुलसीपुरबाट ज्ञवालीले ८३ मत र पुनले ४२ मत प्राप्त गर्नुभएको थियोे । त्यस्तै बुटवलबाट ज्ञवालीले १२० मत र पुनले १४१ मत प्राप्त गर्नुभएको थियोे ।

नेपालगन्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाही र जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष महरसिंह खत्रीकाे अगुवाईमा सम्पन्न निर्वाचनमा मतदान गर्न बाँके, बर्दिया लगायत अन्य जिल्लाका वकिलहरुको उपस्थिति रहेको थियाे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया