मो. शादाब राई✍️
मानपुर । बाँकेको जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । जानकी गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार हुने भएको हो ।
गाउँपालिकाले बिहिवार एक सूचना प्रकाशित गरी आर्थिक बर्ष २०८१/०८२ को अर्धवार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम माघ २७ गते वडा नम्बर – ३, मापुरस्थित पालिका परिसरमा गरिने जनाएको छ ।
गाउँपालिका मातहतका कार्यालयहरूको काम कार्वाही, सेवा प्रवाह, योजना एवं कार्यक्रम, बजेट सम्बन्धि विषयमा सार्वजनिक सुनुवाई कार्यक्रमको आवश्यक तयारी पूरा भएको प्रकाशित सुचनामा उल्लेख छ ।
