नेपालगन्ज । तीर्थयात्री बोकेर भारतको महाकुम्भ मेला जाँदै गरेको बस दुर्घटना हुँदा झण्डै ५० जना घाईते भएका छन ।घाईते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कालेज पठाइएको छ ।
सुर्खेतबाट नेपालगन्ज हुँदै भारतको पयागराजस्थित महाकुम्भ मेला जाँदै गरेको भे १ ख ४३३१ नम्बरको बस सुर्खेतको भेरीगंगा नगरपालिका बबई नजिक दुर्घटना भएको प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिए ।
खड्काका अनुसार महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ करीब पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा ५० बढी यात्रु सवार थिए ।