Close sidebar

प्रेस चौतारीको २७ औं स्थापना दिवस: दुई जना पत्रकार सम्मानित

२०८१ माघ २३ गते, बुधबार ०३:०१

बब्लु खान✍️
नेपालगन्ज । प्रेस चौतारी नेपालको २७औं स्थापना दिवसको अवसरमा आज दुई जना पत्रकारलाई सम्मान गरिएको छ । ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मुल नारासहित प्रेस चौतारी नेपालले मंगलबार नेपालगन्जमा आयोजना गरेको एक औपचारिक कार्यक्रम बिच दुई जना पत्रकारलाई सम्मान गरिएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य मो. हारून कादरीको प्रमुख अतिथीमा भएको सम्मान कार्यक्रममा प्रेस चौतारी बाँकेले स्थापना गरेकाे रेशम बिरही श्रृजनशील पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार जनमत अर्ध साप्ताहिकका सम्पादक पुर्णलाल चुके र क्रियाशिल पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजन काेहलपुरमा कार्यरत कृष्ण चाैधरी पुरस्कृत हुनुभएको छ ।प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य शकील अहमद कादरी, प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश सचीव गजेन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्षद्व्य झलक गैरे, निरज गौतम, राससका प्रमुख युवराज पाण्डे, सञ्चारकर्मी लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी बाँकेका सचीव देवेन्द्रराज पौडेलले गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया