बाँके । बाँकेको जानकी गाउँपालिका गुरुवगाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले श्रीपञ्चमीको अवसरमा सरस्वती पूजाको पूजाआजा सोमबार सम्पन्न गरिएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी हेमन्त ऋतुलाई बिदा गर्दै शिशिर ऋतुको आगमनसँगै विद्यार्थीहरूलाई विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर सरस्वती पूजा औपचारिक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।
बिहानै उठेर प्रातः स्नानपश्चात् चोखो–नितो गरी सफा कपडा लगाएर कलश स्थापना गरिन्छ । अनि क्रमशः गणेश, विष्णु, शिव आदि देवताहरुको अर्चना सहित सूर्यको अर्चना गरी सरस्वतीको उपासना गदै विद्यालयले सरस्वती पूजा गरिरहेका छन् ।
आज विद्या र संगीतकी प्रतिरूप सरस्वतीको पूजा आरधना गरी मनाइने विशेष दिन भएकाले शिक्षकहरुले बालबालिकाहरुसँग बसेर सांस्कृतिक कार्यक्रम रमाइलो गर्दै खुसी साँटासाट गरि सरस्वतीको मन्दीरमा पूजा आरधाना गरिएको विद्यालयका प्रधानाध्यापक संध्या शर्माले बताइन् ।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।अभिभावकले आफ्ना स–साना छोराछोरीलाई अक्षरारम्भ गराउँदै विद्यालयको ढोकासम्म पुर्याएका छन भने विद्यालयले पनि विशेष अवसरका रुपमा बालबालिकालाई आजैदेखि कक्षा प्रवेश गराएका छन् । निजी विद्यालयले पनि आज बालबालिकालाई विशेष छुटका साथ भर्ना लिँदै आएका छन् ।
कार्यक्रममा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक, सामाजिक विकास संयोजक रामअचल धोबी, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष अकबर अली सिद्दिकी, शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारीलगायत्को उपस्तिथि थियो ।
