Close sidebar

बनभोजमा रमाए, न्यायाधीश/ कानुन व्यवसायी (फोटो फिचर सहित)

२०८१ पुष २७ गते, शनिबार २०:५०

रिजवान मिर्जा✍️
नेपालगन्ज । न्याय प्रक्रियामा सधैं ब्यस्त रहने न्यायधीश र कानुन व्यवसायीहरुले आज बनभोज कार्यक्रम गरेका छन । उच्च अदालत तथा जिल्ला अदालत बार एशाेसिएसन नेपालगन्जकाे संयुक्त आयोजनामा बनभाेज (पिक्निक) कार्यक्रम गरिएको हो ।

काेहलपुर अन्तर्गत खड्गवार हातीसारमा बनभाेज मार्फत रमाइलो गरिएको हो । बनभाेज कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाश, जिल्ला अदालतका न्यायाधीश, अधिकृतहरु, जिल्ला / उच्च सरकारी वकिलहरु, नेपालगन्ज र गुलरियाका वरिष्ठ वकिल र अन्य वकिलहरुकाे उपस्थिति रहेकाे थियोे ।

शनिबार बिहानैदेखि खानपिन, नाचगानका साथै हात्तीको समेत अवलोकन गरेका थिए । बनभोजले आपसी सम्बन्ध सुदृढीकरणमा समेत मद्दत पुग्ने बिश्वास गरिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया