नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० वडा समिति कार्यालयको सहयोगमा जेष्ठ नागरिक क्लब वडा नम्बर १० को संयोजनमा वडा नम्बर १० का २६ जनालाई ब्ल्यांककेट, च्वयनप्राश, अंगोछा र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
जेष्ठ नागरिकको समाजप्रतिको विगतको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप उपहारसहित सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई सम्मान गर्दै प्रतिनीधी सभा सदस्य तथा नेपालगन्ज उपमहानगरपालिकाकाका पुर्व नगर प्रमुख डा. धवल शमशेर राणाले जेष्ठ नागरिकको सम्मान गर्ने परम्परा आफनै कार्याकालमा शुरु गरिएको जनाउँदै यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
अग्रजलाई सम्मान गर्नु हाम्रो सभ्यता र दायित्व भएको बताउँदै राणाले अग्रजको अनुभवलाई समाज हितमा सदुपयोग गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै वडा अध्यक्ष श्रवण कुमार श्रेष्ठले जेष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि थप कार्यक्रम र वजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
जेष्ठ नागरिक क्लवका अध्यक्ष केदारप्रसाद आचार्यको सभा अध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिकका तर्फबाट प्राध्यापक डा. जनार्दन शर्मा आचार्य, गजेन्द्रमान पथिक, नरेन्द्र सवार लगायतले आफ्ना अनुभव सुनाउँदै जेष्ठ नागरिकको अधिकार सुनिश्चितताको माग गरेका थिए । जेष्ठ नागरिक क्लबकी सचिव गंगा क्षेत्री श्रेष्ठले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
