महेक मिर्जा (काजल)✍️
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ बेलहरीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय गुरुवागाउँले वनभोज कार्यक्रम सम्पन्न गरेको छ । बाँकेको गाभरस्थित लायन्स गाभर पार्कमा विद्यालयले शनिबार दिन वनभोज कार्यक्रम सम्पन्न गरेको हो ।
वनभोज कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संध्या शर्माले शिक्षक तथा विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि बनभोज कार्यक्रमको आयोजना गरेको बताउनुभयो । विगतदेखि नै विद्यालयले उत्कृष्ट स्थान हासिल गरेकोमा आगामी दिनमा पनि थप शैक्षिक सफलताका लागि काम गर्नुपर्ने उहाँले बताए ।
शनिबार विहान करीब ९ बजेतिर गुरुवागाउँस्थित विद्यालय अगाडिबाट निस्किएको शैक्षिक वनभोज कार्यक्रममा कक्षा ४ देखी ८ सम्मका विद्यार्थी र शिक्षक गरी करीब ६० जनाको उपस्थिति रहेको विद्यालयका सहायक प्रधानाध्यापक शाकीर खानले जानकारी दिए । – प्रशिक्षार्थी

